सोमबार, १ डिसेम्बर, २०२५
23:58 | ०५:४३

लन्डनमा सडक दुर्घटनामा मृत्यु भएका युविनको परिवारलाई धरान समाज यूकेबाट ३३१० पाउण्ड सहयोग

नेपाली लिङ्क डिसेम्बर १, २०२५

लन्डन । लन्डनमा सडक दुर्घटनामा परि मृत्यु भएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई धरान समाज यूकेले आर्थिक सहयोग गरेको छ ।

समाजले चन्दा संकलन गरि ३ हजार ३ सय १० पाउण्ड स्वर्गीय युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई रिडिङमा हस्तान्तरण गरेको हो ।

धरान समाज यूकेका अध्यक्ष निकेश लिम्बु र महासचिव वल्लभ गुरुङले सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

‘एउटा मानवताको नाता, धरानवासी र नेपालीको नाताले हामीले धेरथोर सहयोग गरेका हौं । धरान मात्र नभएर अप्ठेरो परेका नेपालीका लागि सहयोग गर्न हामी सदा तयार हुन्छौं’, अध्यक्ष लिम्बुले भने ।

लिम्बुले समस्त चन्दादाताहरुलाई धन्यवाद समेत दिएका छन् ।

धरान ११ स्थायी घर भएका तामाङको गत १८ अक्टोबरमा इष्ट लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्‍यापर गेट्सले चलाएको कारको ठक्करबाट मृत्यु भएको थियो ।

प्रहरीले बताएअनुसार तामाङ सडकमा पैदल हिँडिरहेका बेला बीएमडब्ल्यु कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै अस्पताल पुरयाइए पनि उपचारका क्रममा उनको निधन भएको थियो ।

दुर्घटनापछि चालक गेट्स घटनास्थलबाट फरार भएका थिए। पछि प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू