शनिबार, मंसिर २९, २०८१
15:44 | २१:२९

‘काँडेतार’ का निर्देशक, निर्माता एवं अभिनेता नवल खड्का लन्डनमा

नेपाली लिङ्क नोभेम्बर १७, २०२४

लन्डन । देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ का निर्देशक, निर्माता एवं अभिनेता नवल खड्का लन्डन आइपुगेका छन् ।

बेलायतमा ‘काँडेतार’ चलचित्र प्रदर्शनका सिलसिलामा कलाकार खड्का शनिबार सांझ लन्डन हिथ्रो उत्रिएका हुन् ।

नायक खड्कालाई स्वागत गर्न ‘काँडेतार’ की निर्मात्री एवं गायिका सत्यकला राई, चलचित्रप्रेमीहरु कमल राई, आशा राई, नीर भगवती 
राई, उषा राई लगायत हिथ्रो टर्मिनल टु पुगेका थिए ।

नायक खड्का लन्डन आएलगत्तै आइतबार बेजिङ्स्टोकमा गरिएको फिल्म प्रदर्शनमा सहभागी भए ।

उक्त फिल्म केही महिनायता बेलायतका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । फिल्मको पहिलो प्रिमियर शो गत १५ सेप्टेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा भएको थियो । त्यसपछि लन्डनको प्लमस्टिड, ह्यारो, आसफोर्ड, स्वीन्डन, ननिटन आदि शहरमा प्रदर्शन भइसकेको निर्मात्री एवं गायिका सत्यकला राईले जनाइन् । फिल्म दर्शकहरुले निकै रुचाएको बताउंदै उनले सबैप्रति आभार पनि व्यक्त गरेकी छन् । सत्यकला बेलायतका विभिन्न कार्यक्रममा गायनमा समेत व्यस्त छिन् ।

नवल खड्का निर्देशित ‘काँडेतार’ देशभक्तिपूर्ण र नेपाल भारत सिमानामा भइरहेको समस्यामा केन्द्रित फिल्म हो । भारत नेपाल खुला सिमानाका कारण सीमा अतिक्रमण र अपराध बढेको एवं सीमा नजिकका नेपाली नागरिक प्रताडित भएकाले ‘सिमानामा कांडेतार लगाउनुपर्छ, बोर्डर सिल गर्नुपर्छ अनि असल छिमेकी बन्नु पर्छ’ भन्ने सन्देश फिल्मको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू