सोमबार, वैशाख १७, २०८१
13:40 | १८:२५

टी-२० सिरिजको फाइनलमा नेपालको लज्जास्पद हार

नेपाली लिङ्क मार्च १३, २०२४

फाइल तस्विर

काठमाडौँ- हङकङमा सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो हार व्यहोरेको छ।

पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा नेपाल लज्जास्पद हार व्यहोर्न वाध्य बन्यो ।

नेपालका लागि सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू