शनिबार, साउन १२, २०८१
02:31 | ०७:१६

बेलायतका थर्क सेनद्वारा एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

नेपाली लिङ्क मार्च ४, २०२४


लण्डन- गैरआवासीय नेपाली संघ (विनोद कुंवर समूह) का उपाध्यक्ष थर्क सेनले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

सेनले प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले आइतबार अल्डरसटमा गरेको ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

डा. शेष घले प्रमुख संरक्षक रहेको गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन यही १६ देखि १७ मार्चसम्म काठमाडौं हायातमा हुँदैछ ।  

सेन एनआरएनए संस्थापक सदस्य तथा यस अभियानमा विगत दुई दशकदेखि निरन्तर लागिरहेका छन् । बेलायत कार्यसमिति साथै एनआरएनए आइसीसीको विभिन्न पद हुंदै अहिले एनआरएनए आइसीसी उपाध्यक्ष छन् उनी । 

यसपटक बेलायतले नेतृत्व पाउनुपर्छ भन्ने आफ्नो दावी रहेको जनाउंदै उनले आफ्नो उम्मेदवारीमा सबैले साथ सहयोग र सुझाव दिने आशा व्यक्त गरेका छन् ।

उनका एजेण्डाहरु: 

१. एनआरएनए संगठन पारदर्शी र जवाफदेही बनाउन

२. विश्वभरका ८० लाख गैर आवासीय नेपालीलाई एकताबद्ध गरेर उनीहरुका हकहित, अधिकार र समस्याहरु डटेर समाधान गर्न

३. तपाईं हामी सबैको जन्मसिद्ध अधिकार ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ एनआरएनएको अहिलेको आवश्यकता रहेकाले यो अभियान सशक्त बनाउन

४. भूतपूर्व गोर्खाहरुलाई समान हकहित र अधिकारहरू दिलाउन

५. मातृभूमि नेपालको समृद्धिका लागि लगानी, ज्ञान र सीप हस्तान्तरण गर्न

६. नेपालमा वैदेशिक लगानी आकर्षित गर्न साथै एनआरएनएहरूका लागि Financial freedom उपलब्ध गराउन 

७. प्रवासमा नेपाली भाषा, कला संस्कृतिको जगेर्ना तथा पर्यटन प्रवर्धन गर्न

८. युवा पुस्तालाई स्वदेशप्रतिको माया र लगाव अभिवृद्धि गर्न र परोपकारी परियोजना बढाउन

९. नेपालमा प्रभावकारी सडक तथ यातायात सुरक्षा नीति कार्यान्वयन गराउन

१०.  मतदाता र समर्थकका अन्य केही एजेन्डा भए स्वीकार्ने

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू