शनिबार, साउन १२, २०८१
02:31 | ०७:१६

एनआरएनएले भूकम्प पीडितका लागि गर्‍यो १ करोड १० लाखको राहत कोष स्थापना

नेपाली लिङ्क नोभेम्बर ४, २०२३

लन्डन । गैरआवासीय नेपाली संघले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा राहत तथा उद्धारका लागि तत्काल १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को शनिबारको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय गरेको हो ।

अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ ।

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रवीण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी (रसिया), सीता खतिवडा लगायत छन् ।

यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।

साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ ।

एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ ।

चीन, हङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका  लागि सक्रियतापूर्वक काम सुरु भइसकेको छ ।

संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसीसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७-९८०१८६११०१ मा सम्पर्क गर्न सक्छन् । साथै राहतका सामाग्री तत्काल उपलब्ध गराउनुपर्ने स्थानका सम्बन्धमा समेत यसै हटलाइनमार्फत जानकारी गराउन सक्ने जनाइएको छ ।

थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।

संघले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा मानवीय सहयोग कार्यमा सहयोग गर्न निम्न खातामा यथाशीघ्र सक्दो आर्थिक सहयोग गरिदिई यस विपतमा सहयोग गरिदिन सबैमा अनुरोध पनि गरेको छ ।

Name                  :   NRNA Emergency Fund  

A/C No                 :    024010010000633

Bank          :  Sanima Bank Limited  

Branch            :    Naxal, Kathmandu

Swift                     : SNMANPKA

गैरआवासीय नेपाली संघको नाम र लोगो प्रयोग गरी विभिन्न व्यक्तिको नामबाट अनधिकृत रुपमा आउने सूचना तथा राहत संकलनको अपिलप्रति सचेत रहनसमेत संघको अनुरोध छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू