मंगलबार, ११ अगस्ट, २०२६
16:09 | २०:५४

बेलायतको कार्यक्रम रद्ध गरेर नेपाल फर्किंदै माधव नेपाल

नेपाली लिङ्क अगस्ट १२, २०२३

 


लन्डन—पूर्व प्रधाननमन्त्री एवम् नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो युरोप भ्रमण छोट्टयाएर नेपाल फर्किने भएका छन्।

आउँदो साता बेलायतमा राखिएको कार्यक्रम नै रद्ध गरेर उनी शनिबार स्पेनबाटै नेपाल फर्किन लागेको नेकपा एसनिकट प्रवासी नेपाली एकता मञ्च युरोपका अध्यक्ष उमेशराज मोक्तानले जानकारी दिए। 

बेलायतबाट अगस्ट १८ मा फर्किने पूर्व निर्धारित कार्यक्रम रहेकोमा उनी एक साताअघि नै फर्किने भएका हुन्।

ललिता निवास प्रकरणको छानबिनबाट भाग्न विदेश बसेको भन्दै नेपालमा तीव्र आलोचना भएकै कारण उनी चाँडै फर्किएको बुझिएको छ।

नेपालबाट पार्टीकै नेताहरुको सल्लाहअनुसार नै अध्यक्ष नेपाल भ्रमण छोट्टयाएर जान लागेको मोक्तानले बताए।

बेलायतस्थित पार्टीका नेताहरुलाई टेलिफोन गरेर अध्यक्ष नेपालले विकसित पछिल्लो अवस्थाका कारण आफू तत्काल फर्किने निर्णयमा पुगेको जानकारी गराएका थिए। 

बेलायतमा कार्यक्रम स्थगित गर्नुपर्दा सिर्जित असुविधाका लागि उनले दु:ख समेत व्यक्त गरेका थिए।

यसअघि अध्यक्ष नेपालको आतिथ्यमा प्रवासी नेपाली एकता मञ्च यूकेले आउंदो मंगलबार लन्डनमा एक अन्तरक्रिया कार्यक्रम राखेको थियो।

अध्यक्ष नेपाल फर्किएसंगै उक्त कार्यक्रम नै स्थगित गरिएको मञ्च अध्यक्ष कृष्ण तिवारीले जनाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू