शनिबार, साउन १२, २०८१
03:03 | ०७:४८

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल

नेपाली लिङ्क अगस्ट १, २०२३


कम्पाला, युगाण्डा । गैरआवासीय नेपाली संघ युगान्डाको राजधानी कम्पालामा आइतबार सम्पन्न वार्षिक साधारणसभाले रमा अर्याललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

२९ वर्षीया अर्याल यस अघि संघको उपाध्यक्ष थिइन् । उनले प्रतिस्पर्धी संजीव श्रेष्ठलाई पछि पार्दै निर्वाचनमा जित हासिल गरेकी हुन्।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, महासचिवमा राजु थापा तथा सदस्यहरुमा रमेश बुढा, बिनोद साउद, मुकेश मेहता र रंजित गौतम निर्वाचित भएका छन्।


रिक्त रहेको पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गर्न साधारणसभाले जीवनाथ पंगेनी प्रमुख रहेको रमेश कंडेल र नरेन्द्र शर्माको निर्वाचन समितिलाई अधिकार दिएको छ ।    

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू