मंगलबार, १० फ्रेब्रवरी, २०२६
20:23 | ०२:०८

केन्द्रले नयाँ संगठनात्मक संरचनाको लोगो प्रयोग गरेकामा किरात राई यायोक्खा बेलायत खुशी

नेपाली लिङ्क डिसेम्बर ३०, २०२२

लण्डन। किरात राई यायोक्खा नेपालले एउटा आन्दोलनका क्रममा आफ्नो नयाँ संगठनात्मक संरचनाको लोगो प्रयोग गरेकोप्रति किरात राई यायोक्खा बेलायतले खुशी व्यक्त गरेको छ ।   

किरात राई यायोक्खा बेलायत अध्यक्ष चन्द्र बहादुर राई र महासचिव चन्द्रवती राईले एक विज्ञप्ति जारी गर्दै केन्द्रले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन गरेको प्रदर्शन र त्यसको उदेश्यप्रति ऐक्यबद्धता पनि जनाएका छन् । 

उनीहरुले आफ्नो लोगोको ऐतिहासिक तथ्य पनि सार्वजनिक गरेका छन् ।  

किरात राई यायोक्खा नेपालले गत २६ डिसेम्बरमा ‘किरात राई जातिको सही तथ्याङ्क सार्वजनिक गर, किरात राई जातिलाई फुटाउन पाइदैन’ भन्ने नारासहित थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालय घेराउ तथा खबरदारी गर्ने क्रममा किराया बेलायतको नयाँ संगठनात्मक संरचनाको लोगो अंकित व्यानर बोकेको थियो।  

‘किरात राई यायोक्खा बेलायतले किरात राई जातिय पहिचान भएको जाति तर बहुभाषिक (बहुथरी) जातिको इन्द्रेणी समाजलाई लोगोमार्फत प्रतिबिम्बित गरी बेलायतका किरात राईहरुको बृहत एकता संस्थागत गर्दै लाने उद्देश्यले २१ नोभेम्बर २०२० मा घोषणा गरिएको अभियानको दस्तावेजमा यो लोगो पहिलो पटक सार्वजनिक गरेका थियौं’- विज्ञप्तिमा भनिएको छ । 

कुनै पनि बहानामा किरात राई जाति विभाजन हुनु वा गरिनु हुँदैन भन्ने किराया बेलायतको स्पष्ट धारणा रहेको पनि जनाइएको छ ।

विज्ञप्ति:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू