बिहीबार, वैशाख २७, २०८१
00:20 | ०५:०५

एमसिसी सम्झौता बहुमतले अनुमोदन   

रासस फ्रेब्रवरी २७, २०२२

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको एमसीसी पारित गर्दै सांसदहरु । तस्वीर- रासस

काठमाडौं । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमोदन गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई ध्वनिमतले अनुमोदन गरिएको हो ।

लामो बहस र विवादपछि उक्त सम्झौता आज अनुमोदन भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू