शुक्रबार, वैशाख १४, २०८१
23:49 | ०४:३४

९५ वर्षीया बेलायती महारानीलाई कोभिड संक्रमण

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२२

लन्डन । ९५ वर्षीया बेलायती महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ संक्रमित भएकी छन् ।

तर उनमा संक्रमणको लक्षण भने सामान्य मात्रै रहेको जनाइएको छ ।

बकिङ्घम दरबारले आइतबार एक विज्ञप्ति जारी गर्दै महारानी संक्रमित भएको पुष्टि गरेको छ । महारानीले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेको बताइएको छ ।

महारानीले अहिले आफ्नो विन्डसर क्यासलस्थित निवासमा आराम गरिरहेकी छन् । विन्डसर क्यासलमा अन्य कतिपयलाई पनि संक्रमण भएको छ ।

महारानीपुत्र युवराज चार्ल्सले फेब्रुअरी १० मा भेटेको दुई दिनपछि महारानी संक्रमित भएको खबर बाहिरिएको हो । महारानीले कोभिड विरुद्धको खोप लगाइसकेकी छन् ।

यसैबीच, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, विपक्षी लेबर पार्टीका नेता केर स्टार्मरलगायतले महारानीको शिघ्र सवास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू