बिहीबार, चैत १५, २०८०
10:18 | १६:०३

बेलायतलाई प्रस्तावित राजदूतको संसदीय सुनुवाई फेरि सर्‍यो

मंसिर २० लाई तोकियो सुनुवाई

नेपाली लिङ्क डिसेम्बर ३, २०२१

बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन । बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाई फेरि स्थगित भएको छ ।

यसअघि पहिलोपटक सरेर शुक्रबारलाई तोकिएको सुनुवाई पनि हुन नसकेको हो ।आज स्थगित सुनुवाई आउंदो सोमबार मंसिर २० लाई तोकिएको छ ।  

कांग्रेससहितका दलका सांसद महाधिवेशनमा व्यस्त रहेर अनुपास्थित भएका कारण ‘कोरम’ नपुग्ने भन्दै सुनुवाई सारिएको  संसद सचिवालयले जनाएको छ ।  

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यसंगै अमेरिकालाई प्रस्तावित श्रीधर खत्री र भारतलाई प्रस्तावित डा शंकर शर्माको सुनुवाई पनि सोमबार नै सरेको छ ।   

प्रस्तावित राजदूतको संसदीय सुनुवाई पर सर्दै गएपछि बेलायतमा राजदूत आइपुग्ने दिन पनि थप लम्बिने भएको छ । 

यसअघिका राजदूत लोकदर्शन रेग्मी फिर्ता भएपछि अहिले कार्यवाहक राजदूतको जिम्मेवारी उपनियोग प्रमुख रोशन खनालले सम्हाल्दै आएकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू