शनिबार, माघ २६, २०८१
जेलमा आगलागी हुँदा ४१ को मृत्यु


नेपाली लिङ्क
सेप्टेम्बर ८, २०२१
जाकार्ता, २३ भदौ– इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
घाइते सबैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
स्थानीय समय अनुसार बिहान २:२० बजे आगलागी भएको थियो र बिहान ३:३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए ।
इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नका लागि डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताएका छन् । प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरुमध्ये धेरै लागूऔषधमा संलग्न रहेको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५