शुक्रबार, वैशाख ७, २०८१
23:29 | ०४:१४

फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुशी

रासस-एएनआई मार्च २०, २०२१

 

हेल्सीन्की–फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथोपटक सबैभन्दा अगाडि परेको हो ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत वर्ष विश्वभरी नै कोरोनाभाइरस महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा छन् ।

सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्यूजिल्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्यूजिल्याण्ड नवौँ क्रममा छ । सूचीमा अमेरिका १४ औँ क्रममा छ भने बेलायत १८ औँ नम्बरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औँ नम्बरमा रहेको जर्मनी यसपटक सातौं क्रममा परेको छ ।

विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू