शुक्रबार, चैत १६, २०८०
10:44 | १६:२९

भागरथीको बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१


काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथीको बलात्कार तथा हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो ।

भागरथीले अध्ययन गर्द आएको स्थानीय सनातन माध्यमिक विद्यालयकै ११ कक्षामा अध्ययनरत दिनेशको घट्नामा संलग्नता पुष्टि भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अभियुक्त दिनेशले घट्नामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । भागरथीका बाबुले आफ्नी फुपुलाई गरेको दुव्र्यवहारको प्रतिसोध साँध्न आफूले घटना गराएको उनको बयान छ । शुरुमा सडकबाट धकेलेर ५० मिटर तल झाडीमा खसालेको र घाँटी थिचेर हत्या गरेको बयान उनले दिएका छन् ।

यसअघि भागरथीको हत्यापछि हत्यारालाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा समेत उनी सहभागी बनेको प्रहरीले जनाएको छ ।

गत माघ २१ गते स्कुल गएकी भागरथी भोलिपल्ट दिउँसो स्थानीय सामुदायिक वनभित्रको झाडीमा भेटिएको थियो । घटनाका प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साविती बयान लगायतको सहगोगमा अभियुक्तसम्म पुग्न सफल भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्नलाई सार्वजनिक गरेपछि स्थानीयले प्रहरी अधिकारीहरुलाई फूलमाला लगाएर धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू