शुक्रबार, चैत १६, २०८०
06:31 | १२:१६

बेलायतमा कोरोनाको प्रभाव घट्दै

थप ८२८ को मृत्यु

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण दर तथा मृतक संख्यामा केहि कमी आएको छ । लकडाउन र कोरोना विरुद्धको खोपका कारण यसको प्रभाव कम हुँदै गएको अधिकारीहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ८२८ जनाको मृत्यु भएको छ । अघिल्लो दिन एकहजार भन्दा बढी मृत्यु भएकोमा शनिबार मृतक संख्यामा कमी आएको हो ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ ।

यसैगरी पछिल्लो तथ्याँक अनुसार २४ घन्टामाभित्र थप १८ हजार २६२ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख २९ हजार ८३५ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर पनि पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर’ नम्बर ०.७ र १ को बीचमा छ ।

बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागले जनाएको छ । हाल यहाँका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

एक करोड १४ लाख भन्दा बढीलाई दिइयो खोप 

शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा एक करोड १४ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड १४ लाख ६५ हजार २१० जनाले खोपको पहिलो डोज लिएका छन् ।

जसमध्ये पांच लाख दश हजार ५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्रमा खोप दिइसकिने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू