बिहीबार, वैशाख १३, २०८१
16:03 | २०:४८

दाहाल-नेपाल समूहबाट देशैभर प्रदर्शन

रासस डिसेम्बर २९, २०२०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी भएका छन् । भृकुटीमण्डपबाट भएको प्रदर्शन शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो ।

सभामा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताले सम्बोधन गरेका छन् ।

नेकपा दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि समूह सडक संघर्षमा उत्रिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू