शनिबार, साउन १२, २०८१
06:42 | ११:२७

उज्वेकिस्तानले ३२ सरकारी कम्पनी निजी क्षेत्रलाई बिक्री गर्ने  

रासस/एएनआई अक्टोबर २८, २०२०

तास्कन्द, १२ कात्तिक–– मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्दा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ ।

उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका छन् ।

राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।

उज्वेक राष्ट्रपतिले निजी क्षेत्रलाई बिक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ वटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ वटा सम्पत्ति पनि बिक्री गरिने छ ।

उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र सूचना प्रविधि समेतका छन् । उज्वेक कानुन मन्त्रीका अनुसार यी कम्पनीहरु पूर्ण रुपमा निजीकरण हुनेछन् ।

सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ । सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू