मंगलबार, वैशाख ११, २०८१
16:29 | २१:१४

‘ए साईंली’ कभर भिडियो प्रतियोगिताका लागि आव्हान

दीपक माइथाने

लन्डन । लन्डनका एकजना उदयीमान सर्जक दीपक थापा माइथाने मगरको मौलिक कौराहा गीत ‘ए साईंली’ को कभर भिडियो प्रतियोगिता हुने भएको छ । आयोजकले प्रतियोगितामा सहभागिताका लागि आव्हान गरेका छन् । उक्त कभर प्रतियोगितामा भाग लिन ३० असोजदेखि ३० कार्तिक, सांझ ५ बजेसम्म खिचिएका भिडियो पठाउन सकिनेछ । मंसीर २ गते भिडियो युट्युबमा अपलोड हुनेछ ।

प्रतियोगितामा मौलिकतालाई आधार बनाइ तयार गरिएका भिडियोलाई प्राथमिकता दिने बताउंदै दीपकले यसमा सबै जातजाती, संघसंस्था, व्यक्ति र लिंगलाई बराबर स्थान दिइने जनाए । अहिले कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला आफ्नो कला संस्कृतिको संरक्षण गर्ने हेतुले मगर-गुरुङ जातिको संस्कृति भित्रपर्ने कौराहा गीत ‘ए साईंली’ को कभर प्रतियोगिता राखिएको माइथानेले बताए ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैंया पुरस्कार पाउने आयोजकले जानकारी दिएका छन् । अन्य पुरस्कार पनि राखिएको छ ।

थप नियम भिडियोमा-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू