बिहीबार, वैशाख १३, २०८१
06:22 | ११:०७

नेपालमा सुनको मूल्य घट्दै, तोलाको ९६ हजार ८ सय

नेपाली लिङ्क अगस्ट २६, २०२०

काठमान्डौ । पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । आइतबार प्रति तोला ९८ हजार ४ सय रहेको सुनको मूल्य बुधबार ९६ हजार ८ सय रुपैयाँ कायम रह्यो ।

यस्तै बुधबार तेजावी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी बुधबार चाँदी तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्य उच्चतम बिन्दुमा पुग्दा प्रति तोला १ लाख ३ हजार रुपैयाँ हाराहारीमा पुगेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू