• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, २२ नोभेम्बर, २०२६
19:10 | ००:५५

भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित

रासस/एएनआई जुलाइ ५, २०२०

नयाँ दिल्ली, २१ असार–कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ । तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन’ जनवरी २ देखि ७ सम्म

२ घन्टा अगाडि

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

२ घन्टा अगाडि

प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीमा

७ घन्टा अगाडि

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन’ जनवरी २ देखि ७ सम्म
  • प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
  • नेपालमै शुद्ध धार्मिक सामग्री उत्पादन गर्दै गुरुमञ्जरी
  • प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीमा
  • अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट
ट्रेन्डिङ
  • १
    अनेसास बेलायत च्याप्टरको दशौँ अधिवेशन डिसेम्बर ५ मा
  • २
    बेलायत अक्सफोर्डवासी नेपालीले बाढी पीडितका लागि दिए करिब २५ लाख ५० हजार
  • ३
    तमु समाज यूकेको देउसी–भैलोमा युवा सहभागिता उत्साहजनक
  • ४
    ब्ल्याक फ्राइडेको अफरमा ठगिने जोखिम,अनलाइन किनमेलमा सतर्क रहन आग्रह
  • ५
    युरोपमा अवैध आप्रवासन रोक्न बेलायतसहित ४१ देशको नयाँ रणनीति

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.