शुक्रबार, वैशाख ७, २०८१
19:13 | २३:५८

तालिबानको आक्रमणमा ६ सैनिकको मृत्यु

रासस / एएनआई जुन २८, २०२०

काबुल । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा ६ जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ ।

टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा सुरक्षाकर्मीको जाँच चौकीमा आक्रमण गरेका थिए ।

सुरक्षा स्रोतका अनुसार जाँच चौकीमा सुरक्षाकर्मीको संख्या बढाएसँगै तालिबान विद्रोहीहरु फरार भएका थिए ।

सुरक्षा स्रोतका अनुसार सरकारी फौजको प्रत्याक्रमणमा चार जना तालिबान लडाकू मारिएका छन् भने केही घाइते भएका छन् ।

तर, यस विषयमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू