मंगलबार, वैशाख ११, २०८१
13:57 | १८:४२

बेलायतका युवा व्यवसायी मल्लले हेटौडामा बाँडे राहत

मल्लद्वारा ६० बोरा चामल वितरण

नेपाली लिङ्क जुन १७, २०२०

लन्डन । करिब डेढ दशकदेखि बेलायत बस्दै आएका युवा समाजसेवी एवं व्यवसायी अनिल मल्लले हेटौडाका विभिन्न ठाउँमा विपन्न परिवारको लागि खाद्य सामग्री सहयोग गरेका छन् ।

कोरोना महामारीका कारण दैनिक रोजीरोटी गुमाएर संकटमा परेका उनीहरुलाई सहयोगस्वरूप मल्लले ६० बोरा चामल उपलब्ध गराएका छन् ।

हेटौडाका स्थानीय समाजसेवीहरुको उपस्थितिमा उक्त खाद्य सामग्री वितरण गरिएको थियो । युवा नेता हिक्मतजंग कार्कीको पहलमा उक्त सहयोग सामग्री जुटेको हो ।

कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्ने उद्देश्यले खाद्य सामग्री सामूहिक रुपमा वितरण नगरी सबैलाई घरघरमा लगेर वितरण गरिएको मल्लले जानकारी दिए ।

आफूले गरेको सानो सहयोग नेपालका विपन्न वर्गको लागि निकै महत्वपूर्ण हुने भएको हुँदा बेलाबखत सहयोग गर्दै आएको उनले बताए ।

हेटौडापछि पोखरामा समस्या परेका विपन्न परिवारको लागि सहयोग गर्ने लक्ष्य रहेको उनले सुनाए ।

पत्रकार महासंघ बेलायतमा समेत आवद्ध मल्ल मोना यूके युथका अध्यक्ष हुन् । अल्डरसटमा मम स्टेशन सञ्चालन गर्दै आएका उनले  यसअघि पनि नेपालमा थुप्रै सहयोग गरिसकेका छन् ।

केहि समयका लागि भएपनि आफ्नो दैनिक गुजारा चलाउन मल्लले पुर्याएको योगदानप्रति सहयोग पाउने परिवारले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू