शनिबार, वैशाख १५, २०८१
05:19 | १०:०४

कोरोनाबाट विश्वमा ३ लाख ७४ हजार बढीको मृत्यु, ६२ लाख संक्रमित

रासस-एएफपी जुन १, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार १ सय ५७ पुगेको छ । संक्रमितको संख्या ६२ लाख ७८ हजार ४ सय ५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

सोमबार अपराह्नसम्म कोरोना संक्रमण भएका २८ लाख ५२ हजार ७ सय ६१ जना निको भएका छन् । विश्वभरमा ३० लाख ५१ हजार ४ सय ८७ संक्रमित हाल उपचाररत छन् ।

संक्रमितमध्ये ५३ हजार ४ सय ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकामा १ लाख ६ हजार १ सय ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४ सय ७७ जना कोरोना भाइरस संक्रमति छन् भने ४० हजार १ सय ११ जनाको मृत्यु भएको छ । युरोपमा २० लाख २९ हजार १ सय ८८ जना संक्रमित छन् र १ लाख ७३ हजार ९ सय ३ जनाको मृत्यु भएको छ ।

एसियामा ११ लाख ४१ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण छ । जहाँ कोरोना संक्रमित ३० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ४८ हजार ९६४ जनामा संक्रमित छन् भने ४ हजार २ सय ४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू