शुक्रबार, वैशाख ७, २०८१
05:52 | १०:३७

काठमाडौँसहित ६ जिल्लामा थपिए ३२ संक्रमित

संक्रमित ५ सय ४८ पुगे

रासस मे २३, २०२०

काठमाडौं   नेपालमा कोरोना भाइरसको संक्रमण शनिबार थप ३२ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा संक्रमण देखिएको बताए । 

नयाँ संक्रमितमा  कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला छन् ।

सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला संक्रमित भएका हुन् ।

यसैगरी नयाँ संक्रमितमा  काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महागरपालिका वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको शाहअप्रवक्ता अधिकारीले जानकारी दिए । 

यससँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार मात्रै ५९ जनामा संक्रमण देखिएको थियो ।

अहिलेसम्म ७० जना पूर्णरूपमा निको भइ घर फर्किसकेका छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको  छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू