बिहीबार, चैत १५, २०८०
14:41 | २०:२६

बेलायतमा २४ घण्टामा कोरोनाका मृतक ३ सय ४६ बढे

नेपाली लिङ्क मे ९, २०२०

यातायातमन्त्री ग्रान्ट श्याप्स

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको जम्मा संख्या ३१ हजार ५ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ४६ जना मानिसले ज्यान गुमाएको जानकारी शनिबारको ‘कोरोना ब्रिफिङ’ मा गराइयो ।

शुक्रबार ‘बैंक होलिडे’ परेका कारण मृत्युहरुको ‘रिपोर्टिङ’ सुस्त भएकाले पनि मृतक संख्या निकै न्यून भएको ठानिएको छ ।

त्यस्तै, बेलायतमा हालसम्मको संक्रमितहरुको कुल संख्या २ लाख १५ हजार २ सय ६० पुगेको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमणका केस ३ हजार ८ सय ९६ ले बढेका हुन् ।

पछिल्लो २४ घण्टामा बेलायतमा ९६ हजार ८ सय ७८ परीक्षण गराइएको थियो ।

‘ब्रिफिङ’ का क्रममा बेलायत सरकारका यातायातमन्त्री ग्रान्ट श्याप्सले बेलायतमा पैदल यात्रा र ‘साइकलिङ’ का लागि आवश्यक पूर्वाधारहरुको स्तरोन्नति गर्न २ विलियन पाउण्डको प्याकेज घोषणा गरे ।

संक्रमण रोक्ने प्रयासमा सरकारले सर्वसाधारणहरुमा सार्वजनिक यातायातभन्दा पैदल र साइकल यात्रालाई नै प्रोत्साहन गर्न खोजेको छ ।

विगत सात सातादेखि कायम ‘लकडाउन’ को दोस्रो चरणबारे प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ सम्बोधन गर्ने कार्यक्रम छ ।

उनको सम्बोधनपछि पनि तत्काल ‘लकडाउन’ मा खासै ठूलो परिवर्तन भने नआउने मन्त्रीहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू