मंगलबार, वैशाख ३०, २०८२
बेलायतमा १२ मिलियन बढीले लगाए कोरोना खोप
फेब्रुअरी १५ भित्र १५ मिलियनलाई खोप दिइने


नेपाली लिङ्क
फ्रेब्रवरी ७, २०२१
लन्डन । बेलायतमा १२ मिलियन भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २० लाख १४ हजार २८८ जनाले खोपको पहिलो डोज लिएका हुन् ।
जसमध्ये पांच लाख ११ हजार ४४७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
शनिबारमात्र एकैदिनमा पांच लाख ५० हजारलाई खोपको पहिलो डोज दिइएको थियो । सरकारले यहि फेब्रुअरी १५ भित्र १५ मिलियन मानिसलाई कोरोना खोपको पहिको डोज दिने लक्ष्य राखेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ