बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १,००००० नाघ्यो
२४ घन्टामा थप १,६३१ को मृत्यु


लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । मंगलबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १,६३१ जना संक्रमितको मृत्यु भएसंगै मृतक संख्या एक लाख नाघेको हो ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ ।
युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बीस हजार ८९ जना नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयां संक्रमितको संख्यामा कमी हुँदै गैरहेको छ ।
तीन हप्ता भन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेकोमा आज सार्वजनिक संक्रमित संख्या बीस हजारमा झरेको छ ।
बेलायतका अस्पतालमा हाल ३७ हजार भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।