बुधबार, वैशाख १२, २०८१
21:33 | ०२:१८

बेलायती महिला: महामारीका बेला चिन्तित र एक्ला

नेपाली लिङ्क मार्च ११, २०२१

लन्डन । कोरोना विश्व महामारीका कारण लकडाउनले गर्दा बेलायतमा धेरैजसो महिलाहरु बढी चिन्तित र एक्लो भएको एक अध्ययनले देखाएको छ । लकडाउनले गर्दा पुरुष र महिलाबीचमा ठूलो असर परेको अध्ययनले देखाएको हो ।

महामारीका कारण बढी पुरुषहरुको निधन भएको र यसबाट महिलाहरुमा बढी चिन्ता थपिएकाले  स्वास्थ्यसम्बन्धि नकारात्मक असर पर्ने गरेको अध्ययनले देखाएको छ 

विशेषगरि महिलामा एन्जाइटी, डिप्रेशन र एक्लोपनको समस्या बढी भएको उल्लेख गरिएको छ । इंग्ल्याण्डको राष्ट्रिय तथ्यांक कार्यालयले  सार्वजनिक गरेको तथ्याँकअनुसार गत वर्ष मार्च देखि जनवरी २०२१ सम्म ५३ हजार ३०० महिला र ६३ हजार ७०० पुरुषको मृत्यु भएको छ 

उक्त तथ्यांकको आधारमा महिलाभन्दा १० हजार बढी पुरुषको मृत्यु भएको छ 

तथ्यांकमा पुरुषको तुलनामा महिलाहरुले घर तथा केटाकेटीको रेखदेखमा बढी समय बिताउने गरेको उल्लेख छ ।

हरेक दिन महिलाले दुई घण्टा ४३ मिनेट बालबच्चाका लागि समय खर्चिने गरेको देखाएको छ भने पुरुषले एक घण्टा ४० मिनेट मात्र समय खर्चिने गरेको तथ्यांकमा उल्लेख छ ।

महामारीका कारण महिलाहरुले ‘निशुल्क चाइल्ड केयर र निशुल्क हाउसहोल्ड’ मा समय बिताउन बाध्य हुनुपरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू