• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शुक्रबार, १६ अक्टोबर, २०२६
22:02 | ०२:४७

ब्राजिलमा दुई लाख २२ हजार सङ्क्रमितको मृत्यु

रासस/सिन्ह्वा जनवरी ३०, २०२१

तस्विर एएफपी

रियो दि जेनेरियो, १७ माघ–ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ ।
त्यसैगरी, अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित र २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मानिन्छ ।
ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् ।
ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि रोकेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

छैटौं ‘एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ ऐतिहासिक नगरी जनकपुरधाममा

२ दिन अगाडि

विविध कार्यक्रम गरी २३औँ गैरआवासीय नेपाली दिवस मनाइयो

अक्टोबर ११, २०२६

एनआरएन अभियानका २३ वर्ष: उपलब्धि उल्लेख्य तर जारी छ लडाईं

अक्टोबर ११, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • नर्थविक पार्क अस्पतालमा कार्यरत नेपालीद्वारा बाढीपीडितका लागि चार लाख सहयोग
  • प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता
  • कोप–३१ मा नेपालको सहभागिता परराष्ट्रमन्त्री खनालको नेतृत्वमा
  • काउन्सिलर गुरुङको पत्रमा नेपाललाई थप सहयोग गर्ने ब्रिटेनको जवाफ
  • अलाबामास्थित नेपाली समुदायले बाढी प्रभावित परिवारका लागि दियो ५० हजार डलर
ट्रेन्डिङ
  • १
    धादिङ समाज यूकेको प्रवक्तामा मनिष खत्री मनोनित
  • २
    एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी
  • ३
    बेलायतका नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य तथा सोसल केयर बहुएप ल्याउने तयारी
  • ४
    समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा जापानमा काव्ययात्रा र सम्मान
  • ५
    ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.