शुक्रबार, वैशाख १४, २०८१
13:40 | १८:२५

ब्रुनाईका राजकुमारको असामयिक निधन   

रासस-सिन्ह्वा अक्टोबर २४, २०२०

बन्दर सेरी बेगावान, ब्रुनाई– ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षका थिए ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू