बिहीबार, वैशाख १३, २०८१
00:32 | ०५:१७

मेलिनाको स्वर र ज्योतिको शब्दमा लन्डनबाट भिडियो

लन्डन । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको यो कस्तो माया बोलको गीतमा निर्मित म्यूजिक भिडियो सार्वजनिक भएको छ । बेलायतमै छायांकन गरिएको भिडियो शनिबार सार्वजनिक भएको हो ।

अभिनेता ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको उक्त भिडियो लन्डन निवासी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । ज्योति गुरुङको शब्द सृजनामा संगीत अर्जुन सुनमको छ ।

भिडियोमा पछिल्लो पुस्तामा देखिएको कथित मायाको विकृत रुप चित्रण गरिएको छ । वैँश छँदा प्रेम, रोमान्स गर्ने अनि स्वार्थ पुरा भएपछि वियोग जस्ता समाजमा देखिएका घट्नालाई जस्ताको त्यस्तै भिडियोमा देखाउन निर्देशक कुशल श्रेष्ठ सफल देखिएका छन् ।

चोखो प्रेमको वाचा कसम खाएको प्रेमी अवैध गर्भधारण गराएर निर्दोष नारीलाई कतिसम्म पीडा दिन सक्छन् भन्ने कथा निर्देशक श्रेष्ठले साढे ६ मिनेटको भिडियोमा गज्जबसँग उतारेका छन् । एउटी नारी प्रेमीको भरपर्दा कुन हदसम्म अन्यायमा पर्छन् भन्ने अहिलेको सामाजिक यथार्थ चित्रण भिडियोले गरेको छ ।

सो भिडियोको छायांकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै हो । निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्र गीत र म्यूजिक भिडियो गरि ३ दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।

म्यूजिक भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू