शुक्रबार, चैत १६, २०८०
10:09 | १५:५४

गोरखाकी जीतकुमारीको उपचारका लागि यूकेमा उठाइयो साढे चार लाख

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२०

लन्डन । उपचार खर्चको अभावमा रहेकी गोरखाकी एक महिलाको सहयोगका लागि बेलायतमा आर्थिक संकलन गरिएको छ ।  

गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर २ थाल्जुङ, ओखरेनी सिम्ले घर भएकी जीतकुमारी गुरुङको उपचारका लागि गोर्खाली समाज यूकेले आर्थिक संकलन गरेको हो ।  

समाजका उपाध्यक्ष हेम गुरुङको संयोजनमा गरिएको आर्थिक संकलन अभियानमा जीतमायाका लागि करिब साढे ४ लाख रुपिया जम्मा भएको छ । संकलित रकम अर्को हप्तासम्म नेपाल पठाएर हस्तान्तरण गरिने सहयोग संकलन अभियानका संयोजक एवम् समाजका उपाध्यक्ष गुरुङले जानकारी दिए ।  

नशासम्बन्धी रोगबाट पीडित जीतमायाको उपचारमा सघाउन याचना गर्दै गोर्खाली समाज यूकेमा निवेदन आएको थियो । लामो समयदेखि उपचारका क्रममा आफूसँग भएको धन सम्पत्ति समेत सकिन लागेपछि उनको थप उपचारमा कठिनाई भएको थियो ।  

सहयोग अभियानका संयोजक एवम् गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङले जीतकुमारीको उपचारका लागि आर्थिक सहयोग गर्ने बेलायतबासी सम्पूर्ण गोर्खाली तथा गैरगोर्खाली नेपालीहरुमा धन्यवाद ज्ञापन गरेका छन्   

सहयोग अभियानको संयोजन गर्ने जिम्मा आफूलाई लगाउने समाजको कार्यसमिति, संरक्षक, सल्लाहकार एवम् सदस्यहरुप्रति पनि उनले आभार प्रकट गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू