शनिबार, वैशाख ८, २०८१
07:31 | १२:१६

सगुनको नयाँ च्याटिङ फिचर ‘मुड टक’ को सफल परीक्षण (भिडियो)

लन्डन । सगुन शनिबार २६ सेप्टेम्बरका दिन आफ्नो नयाँ च्याटिङ फिचर ‘मुड टक’ लिएर लगानीकर्ताहरू माझ आएको छ । एक कार्यक्रमबीच ‘मुड टक’ को बेटा भर्सन सफलतापूर्वक परीक्षण गरियो ।

सगुनका सह-संस्थापक तथा भारतस्थित कार्यालयकी प्रमुख स्वाती दयालले यो फिचर बनाउँदा आइपरेका अप्ठ्यारा र संघर्षका कथा लगानीकर्ताहरु माझ राखिन् । स्वातीले सगुनको नयाँ च्याट फिचर ‘मुड टक’ को प्रत्यक्ष डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरु जस्तै ग्रुप च्याट, लिंक सेयरिङ, फोटो अथवा भिडियो मेसेजिङ इत्यादि बारेमा पनि बताइन् ।

सगुनका फाउन्डर गोविन्द गिरीले सबै इन्जिनियरहरु जसले यो च्याट सिस्टम विकास गर्न मद्दत पुरयाए, उनीहरूलाई धन्यवाद दिए ।

सगुनका हेड अफ टेक्नोलोजी कपिल नवानीले निकै अनुसन्धान र विश्लेषण गरेर कुन किसिमको प्रविधि प्रयोग गर्ने भन्ने निष्कर्षमा सगुन पुगेको बताए । यो च्याट प्रणालीले दक्षिण एसियाको विकट निकै कमजोर इन्टरनेट सुविधा भएको ठाउँमा पनि सजिलैसँग काम गर्ने बताए ।

सगुनका डिजाइन म्यानेजर उमर भट्टले यो प्रोडक्ट बनाउँदा मनोवैज्ञानिक अनुसन्धानदेखि अहिले चलनमा आएका प्रविधिहरू के-के छन् सबै विश्लेषण गरेर बनाएको बताए । उनले संस्थापक गोविन्द गिरीको सोच र विचार सुनेपछि आफूहरुले त्यसलाई मूर्तरूप दिन प्रयास गरेको बताए ।

उनका अनुसार जब यो प्रोडक्ट बाहिर सर्वसाधारणबीच आउँछ, त्योबेला सबैले यसको कुन लेबलको डिजाइन र ‘ब्याक इण्ड’ कामहरु भएको छ त्यसको सहज अनुभव प्रयोगकर्ताहरुले गर्न पाउनेछन् । “मौका पाउने हो भने हामीपनि ठूला ठूला कम्पनी जस्तै अथवा त्यो भन्दा राम्रा किसिमका प्रोडक्ट र फिचर्सहरु दिन सक्छौं,” उनले भने ।

त्यस्तै सगुनका आइओएस डेभलप्मेन्ट हेड मनिष गुप्ताले निकै छोटो समयमा आफूहरुले च्याट सिस्टम विकास गरेको बताए । “हामीले रातदिन नसुती काम गरिरहेका छौं । गोविन्द दाइको जुन भिजन छ, त्यसलाई सार्थक रुप दिनलाई हामीले जे जति गर्न सक्छौं, त्यो गर्न पाएकोमा हामी निकै खुसि छौं,” उनले भने ।

त्यस्तै सगुनका एन्ड्रोयड डेभलप्मेन्ट हेड रोह्ताश चौहानले एन्ड्रोइडमा कुनैपनि नयाँ फिचर्सहरु ल्याउन आइओएसमा भन्दा निकै अप्ठ्यारो भएको बताए । आइओएसमा धेरै किसिमका भर्सनहरु नभएको हुँदा त्यसमा कुनैपनि फिचर्स बनाउनु र अप्डेट गर्न सजिलो हुन्छ, तर एन्ड्रोइडमा विभिन्न किसिमका भर्सनहरु भएको हुनाले ती सबैलाई समेट्न अलि धेरै कठिनाइ र समय लाग्ने उनले बताए । “यो प्रोजेक्टमा संलग्न हुन पाउँदा मलाई निकै गर्व लागेको छ,” उनले भने ।

अन्त्यमा सगुनका सहायक प्रवन्धक ओमप्रकाश श्रेष्ठले ‘कोभिड-१९’ का कारण नयां फिचर सार्वजनिक गर्न अलि ढिलाई भएको बताए ।  यो बेटा रिलिजमा पनि अझ निकै धेरै कुराहरु राख्नु छ, काम गर्न अझै निकै बाँकी छ र हामीले सर्वसाधारणका बीच अब आउने केही हप्तापछि रिलिज गरिसकेपछि सबै प्रयोगकर्ताहरुले मन पराईदिनु हुनेछ भन्ने विश्वास लिएका छौं,” उनले भने ।

सगुनको यो फिचर सार्वजानिक भएपछि सगुनको मूल्यांकनमा वृद्धि हुने जनाइएको छ भने सर्वसाधारणलाई उपलब्ध गराएको मिनी आइपिओ यही सेप्टेम्बर 30 न्यूयोर्क समय अनुसार मध्यरात १२ बजे समाप्त हुने सार्वजनिक गरेको छ । इच्छुक लगानीकर्ताहरुले अझै पनि www.sagoon.com/invest मा गएर यो भ्यालुएसनमै लगानीको फाइदा लिन सक्ने सगुनले उल्लेख गरेको छ ।

भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू