बिहीबार, चैत १५, २०८०
11:18 | १७:०३

नेपाली सेनालाई अमेरिकी सेनाको सहयोग निरन्तर रहने

रासस मार्च २९, २०२३

काठमाण्डौँमा बुधबार सञ्‍चालन भएको नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेना बीच द्विपक्षीय सैन्य छलफल को चौथो संस्करणमा सहभागी । तस्बिर-जंङ्गी अड्‍डा जनसम्पर्क तथा सूचना निर्देशनालय / रासस

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ ।

यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए ।

संवादमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ र अमेरिकी टोलीका २२ जनाको सहभागिता थियो ।

यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकी टोली प्रमुख स्मिथले भेटवार्ता गरेको सेनाले जानकारी दिएको छ ।

उक्त वार्ता र संवादले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू