शुक्रबार, चैत १६, २०८०
23:02 | ०४:४७

मतिना फाउन्डेसनले मनायो ‘मदर्स डे’

नेपाली लिङ्क मार्च २३, २०२३


लन्डन । मतिना फाउन्डेसन यूकेले मदर्स डे मनाएको छ । मतिना फाउन्डेसनले विगत झैं यसपटक पनि लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा शुभकामना कार्यक्रम गरि मदर्स डे मनाएको हो । कार्यक्रममा ससाना बालबालिकाले आफ्ना आमाहरुप्रति सम्मान अर्पण गरे ।

उक्त कार्यक्रम मतिना फाउन्डेसन पदाधिकारी रलन्डन वरपर छरिएर रहेका शुभचिन्तक साथीभाइबीच पारिवारिक वातावरणमा गरिएको फाउण्डेसन सदस्य नगेन्द्र श्रेष्ठले बताए ।


कार्यक्रममा बालबालिकाहरुले आफ्ना आमाप्रति शुभकामना दिंदै केकसहित भोजन ख्वाए ।

सो अवसरमा बालबालिकाले आकर्षक नृत्य समेत गरेका थिए भने आमाहरुले मदर्स डेको महत्वबारे प्रकाश पारे । कार्यक्रममा करिब ३० जना सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू