शुक्रबार, चैत १६, २०८०
12:49 | १८:३४

‘प्रचण्ड’ की नातिनीले ल्याइन् नयाँ गीत ‘आँखामा गाजल’

रासस मे २७, २०२३

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ । देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छन् ।

गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । “अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ”, स्मिताले भनिन्, “एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।”

उनका ‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ गीत चर्चित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू