शनिबार, वैशाख ८, २०८१
19:27 | ००:१२

एम्बाप्पेको कप्तानीमा फ्रान्सेली फुटबल   

रासस-एएफपी मार्च २३, २०२३

पेरिस-फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।  

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो । 

दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजयमात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ ।

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ ।

लामो समयदेखि ‘ब्याकअप’ गोलकिपर स्टिभ मन्डान्डाले सन्न्यास लिएपछि एसी मिलानका माइक मैगननले उनको स्थान लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू