शुक्रबार, वैशाख ७, २०८१
06:55 | ११:४०

तमुधिं यूकेद्वारा सहारा क्लबलाई नगद सहयोग

रासस जनवरी २६, २०२३

गण्डकी- तमुधिं यूकेले सहारा क्लबलाई रु ५५ हजार नगद सहयोग गरेको छ । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आज आयोजित कार्यक्रममा तमुधिं यूके अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष विनु राना मगरलाई उक्त सहयोग हस्तान्तरण गरे ।

उक्त सहयोगसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकको खाजा तथा खानालाई रु २० हजार हस्तान्तरण गरे ।

विस २०६३ मा पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाइसकेको छ । अहिले एकेडेमीमा १५ बालक अध्ययनरत छन् ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए । तमुधिं यूके संस्थापक सदस्य तथा सहारा यूकेकी कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू