मंगलबार, वैशाख ४, २०८१
17:33 | २२:१८

पेरिस हिल्टन आमा बनिन्

रासस-एएफपी जनवरी २५, २०२३

वासिङ्टन– तीस करोडभन्दा अधिक अमेरिकी डलर सम्पत्ति भएकी अमेरिकी सञ्चारकर्मी एवम् हिल्टन होटलकी उत्तराधिकारी पेरिस हिल्टन छोराकी आमा बनेकी छन् ।

नवजात शिशुले आफ्नो बूढीऔँला समातेको तस्बिर सामाजिक सञ्जाल इन्सटाग्राममार्फत सार्वजनिक गर्दै उनले आफू आमा बनेको घोषणा गरेर प्रशंसकहरूलाई चकित पारेकी छन् । उनले लेखेकी छन्–“म तिमीलाई अथाह माया गर्छु, मेरो स्नेह शब्दमा वर्णन गर्न सकिदैन । ”

अमेरिकी मनोरञ्जन ‘मिडिया’का अनुसार हिल्टनले कोख भाडामा लगाएर सन्तान प्राप्त गरेकी हुन् ।

टेलिभिजनमा ‘रियालीटी सो’ प्रस्तुत गर्ने पूर्वप्रस्तोता ४१ वर्षिया हिल्टनले गत महिना एउटा अन्तर्वार्तामा कोख भाडामा लिएर सन्तान प्राप्तिको चिकित्सकीय प्रक्रिया (आइभिएफ) प्रारम्भ गरेको जानकारी दिएकी थिइन् । 

उक्त प्रक्रिया कोरोना महामारीको बेला थालिएको खुलासा पनि उनले गरेकी थिइन् । लगानीकर्ता कार्टर रियमसँग उनले सन् २०२१ मा विवाह गरेकी हुन् । आफ्ना साथी किम कार्डासिएनको सल्लाहमा आइभिएफ प्रक्रिया अपनाएको उनले बताएकी छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू