शुक्रबार, वैशाख ७, २०८१
03:02 | ०७:४७

सुष्मालाई बक्सिङमा रजत पदक  

रासस जनवरी २५, २०२३

काठमाडौँ । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले  यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् ।

थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । 

सुष्मालाई अङ्कका आधारमा ५–० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् ।

फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक हात पारिन् । 

नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पहिलो पटक पुगेको र एसियाली च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको पनि यो पहिलो पटक हो । 

यसअघि नेपालले एसियास्तरमा कास्य पदक जितेको थियो ।

त्यस्तै यसअघि सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई  पराजित गर्दै फाइनल पुगेकी थिइन् । प्रतियोगितामा नेपालबाट तीन महिला र समान तीन पुरुष खेलाडीको सहभागिता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू