बिहीबार, वैशाख १३, २०८१
11:30 | १६:१५

क्रिस्टियानो रोनाल्डो वार्षिक २० करोड डलरमा अनुबन्धित

रासस /एपी डिसेम्बर ३१, २०२२

तस्बिर एएफपी

लन्डन, १६ पुस–विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् ।

साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले शुक्रबार सम्झौता गरेका हुन् ।

युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् इतिहास निर्माणमको क्षण भएको छ ।

रोनाल्डोले जुन २०२५ सम्मका निम्ति सम्झौतामा हस्ताक्षर गरेका अल नासरले बताएको छ । “रोनाल्डोको आगमनले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन अपितु हाम्रो ‘लिग’, हाम्रो राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट बन्न प्रेरित गर्नेछ”- क्लबले सामाजिक सञ्जालमा भनेको छ ।

पोर्चुगलका स्टार ३७ वर्षीय रोनाल्डोलाई आफ्नो ‘करियर’को सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनाएको छ ।

उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताएका छन् ।

एसियामा आफ्नो अनुभव साझा गर्ने यो सही समय भएको महसुस गरेको उनले एक वक्तव्य निकालेर जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू