शुक्रबार, चैत १६, २०८०
21:16 | ०३:०१

इंग्ल्यान्डको विश्वकप सपना अधुरै, फ्रान्स सेमिफाइनलमा

नेपाली लिङ्क डिसेम्बर १०, २०२२

जीतपछि खुशीयाली मनाउंदै फ्रान्सका खेलाडी । तस्बिर- सिन्हवा

लन्डन। कतारमा जारी विश्वकप फुटबल २०२२ को एक प्रबल दाबेदार इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग २-१ ले पराजित भएपछि उसको विश्वकप सपना अधुरै बनेको हो।

खेलको १७ औँ मिनेटमा सउमेनीको गोलबाट फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो। तर ५५ औँ मिनेटमा इंग्ल्यान्डले पाएको पेनाल्टीमार्फत् कप्तान ह्यारी केनले स्कोर गरेसंगै खेल बराबरीमा आएको थियो ।  

तर, ७८ औँ मिनेटमा जीरुडले थपेको एक गोल नै फ्रान्सको जीतका लागि निर्णायक बन्यो। 

८४ औँ मिनेटमा इंग्ल्यान्डले पाएको दोस्रो पेनाल्टीको अवसरलाई कप्तान केनले गोलमा परिणत गर्न चुकेपछि खेल फ्रान्सकै पक्षमा पुगेको थियो।  

यसअघि ब्राजिललाई हराउँदै क्रोएशिया, नेदरल्यान्डलाई हराउँदै अर्जेन्टिना र पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा पुगेका छन् ।  

आगामी मंगलबार क्रोएशिया र अर्जेन्टिनाबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स मोरक्कोसँग भिड्नेछ। 

यस वर्षको उपाधिका लागि फाइनल खेल डिसेम्बर १८ मा हुनेछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू