बुधबार, वैशाख १२, २०८१
19:16 | ००:०१

शानदार जीतसंगै इंग्ल्यान्ड विश्वकप क्वाटरफाइनलमा, अब भिडन्त फ्रान्ससँग

नेपाली लिङ्क डिसेम्बर ४, २०२२

तस्बिर एएफपी

लन्डन । इंग्ल्यान्ड कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल चरण प्रवेश गरेको छ।

आइतबार नकआउट चरणको पहिलो खेलमा सेनेगलविरुद्ध ३-० को शानदार जीत हात पारेसंगै उसले अन्तिम ८ मा स्थान पक्का गरेको छ।

सेनेगलमाथि जीत निकाल्ने क्रममा इंग्ल्यान्डको लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक-एक गोलको योगदान गरेका थिए। 

खेलको ३८ औँ मिनेटमा जोर्डन हेन्डरसनको गोलसंगै अग्रता लिएको इंग्ल्यान्ड मध्यान्तर हुनु ठीकअघि कप्तान ह्यारी केनले गोल गरेपछि दुई शून्यको बलियो अवस्थामा पुगेको थियो। बुकायो साकाले ५७ औँ मिनेटमा तेस्रो गोल गरेसंगै इंग्ल्यान्ड थप सुरक्षित बनेको थियो ।  

अब क्वाटरफाइनलमा इंग्ल्यान्डले डिफेन्डिङ च्याम्पियन फ्रान्सको बलियो चुनौती सामना गर्नेछ। इंग्ल्यान्ड र फ्रान्सबीच आगामी शनिबार क्वाटरफाइनल खेल हुने तालिका छ।

यसअघि फ्रान्सले आइतबार नै पोल्यान्डलाई ३-१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको थियो।

फ्रान्सको जीतमा स्टार फुटबलर केलियन एम्बाप्पेले दुई तथा ओलिभर जिराउडले एक गोल गरेका थिए। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू