शुक्रबार, चैत १६, २०८०
09:56 | १५:४१

बेलायतमा प्रपर्टी: महामारीका बेला किन्न ठीक कि पर्खिन ?

नेपाली लिङ्क जुन १८, २०२०

‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ का प्रिन्सिपल एवम् इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामी

कोरोना महामारीले सर्वत्र असर पुर्याएको छ । आर्थिक क्षेत्रलाई त धरासायी नै बनाएको छ । बेलायतको आर्थिक क्षेत्र र विशेषगरी यहाँको प्रपर्टी बजारमा कोरोनाले पारेको असर, प्रपर्टीको मूल्य, अहिले लगानी गर्नेहरुका लागि अवसर र चुनौती लगायत विषयमा बेलायतस्थित ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ का प्रिन्सिपल एवम् बेलायतकै पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीसंग नेपाली लिंकले गरेको संवाद :

कस्तो छ कोरोनाको आर्थिक असर ?

कोरोना महामारीले सिंगो आर्थिक क्षेत्रमा नै गम्भीर असर पुर्याएको छ । जिडिपी न्यून भएको छ । बेरोजगारी बढेको छ । बेलायतको हकमा सरकारले राहतका ठूल्ठूला स्किमहरु ल्याएको छ । फर्लो स्किममार्फत झण्डै ९० लाख मानिसको जागिर जोगिएको छ । यसबाट बेलायतका झण्डै १० लाख कम्पनीलाई टिकिराख्न सजिलो भएको छ ।

तर महामारीका कारण अर्थतन्त्रमा कुन हदसम्म असर पुग्नेछ भनेर थाहा पाउन अझै केहि समय पर्खिनुपर्ने हुन्छ । सरकारले ल्याएका यी सबै प्रोटेक्सन स्किमहरुको अवधि सकिएपछि अर्थतन्त्रमा परेका असरहरुको थप स्पष्ट चित्र देखिनेछ ।

प्रपर्टी बजार कत्तिको प्रभावित छ ?

अहिले तत्कालको लागि हेर्दा त प्रपर्टी बजारमा गतिविधिहरु भइरहेकै छन् । लकडाउन शुरु हुनुअघिकै तहमा कारोबारहरु भइरहेको देखिन्छ । अहिले ग्राहकको बजार छ । प्रपर्टी किन्नेहरुले भाउ घटाउन सक्ने अवस्था बनेको छ । कतिपयले ‘आस्किङ प्राइस’ भन्दा तीस/पैतीस हजार पाउण्डसम्म घटाएर पनि प्रपर्टी किनेको हामीले पाएका छौं ।

तर यो क्षेत्रमा दिर्घकालिन रुपमा कस्तो असर पर्ला भनेर जान्नका लागि अझै केहि समय पर्खिनैपर्छ । सिंगो अर्थतन्त्रमा जुन खालको असर पुग्छ, त्यस अनुसारकै असर प्रपर्टी बजारमा पनि पर्ने हो । अहिले सरकारले ल्याएका राहतका स्किमहरु सकिएपछि कति मानिसले रोजगारी गुमाउँछन्, कति कम्पनी बन्द हुन्छन् , तीनै कुराले प्रपर्टी बजारलाई पनि प्रभावित तुल्याउनेछ ।

बेलायतमा प्रपर्टीको भाउ निकै घटेको छ भन्ने सुनिन्छ नि ?

प्रपर्टीको भाउ घटेको साँचो हो । तर यति नै घटेको भन्न गार्हो छ । ओभरअलमा ५ देखि १० प्रतिशतसम्म घटेर कारोबार भइरहेको पाइएको छ । कतिपय ग्राहकले दशौं हजार पाउण्डसम्म घटाएर किनिरहेका पनि छन् ।

यहि दरमा महामारीको असर निरन्तर रह्यो भने भाउ अझै घट्ने अवस्था पनि आउन सक्छ । तर प्रपर्टीको भाउ एकदमै धेरै घट्ने भन्ने कहिल्यै हुँदैन, इतिहासमा यस्तो भएको छैन ।

त्यसमाथि लण्डन आसपासका क्षेत्रमा त्यसै पनि प्रपर्टी सर्टेज छ । एउटै प्रपर्टी बजारमा आउँदा दशौं ग्राहकले हेर्छन् । यस्तो ठाउँमा केहि घटेपनि धेरै घट्दैन ।

त्यसो भए अहिले प्रपर्टी किन्न कि केहि समय पर्खिन ठीक ?

तपाईं कुन प्रयोजनका लागि प्रपर्टी किन्दै हुनुहुन्छ भन्नेमा फरक पर्छ । यदि कोहि भाडामा बस्दै आएको छ र आफै बस्नको लागि किन्ने सोच छ भने धेरै कुरा नसोची आँखा बन्द गरेर किन्दा हुन्छ । अहिले ग्राहकको बजार छ, भाउ घटाएर किन्न सकिने अवसर पनि छ । फेरि, प्रपर्टीका भाउ कहिलेकाहिं थोरै घटेपनि निकै धेरै घट्ने, नोक्सान नै पर्ने सम्भावना रहँदैन । यो अर्थमा यो समय लगानीकर्ताहरुको लागि पनि उत्तम नै मान्नुपर्छ । दीर्घकालीन प्रयोगका लागि किन्नेहरुको लागि अहिले पनि समय राम्रो छ, लगानी गर्दा हुन्छ । तर, कसैले प्रपर्टी किन्ने र छिट्टै अरुलाई बेच्ने प्रयोजनमा किन्न खोज्दै हुनुहुन्छ भने लगानी गर्नुअघि अलि विचार गर्नुपर्ने अवस्था छ ।

फाइनान्सियल एड्भाइजरका रुपमा ईच्छुक लगानीकर्तालाई तपाईंको सल्लाह के रहन्छ ?

लगानी गर्नुअघि धेरै पक्षमा विचार गर्न र बुझ्न आवश्यक हुन्छ । निश्चित लगानी गरेर कति ‘रिटर्न’ आउँछ भन्ने मात्रै हेर्ने होइन । त्यससंगै विभिन्न शीर्षकमा आउने खर्च र शुल्कहरु पनि केलाउनुपर्छ । मोर्गेज लिएर मात्र पुग्दैन, मोर्गेज लिन त सिधै बैंकमा जाँदा पनि हुन्छ । तर मोर्गेज लिइसकेपछि आउने त्यसका विविध ‘कन्सिक्वेन्स’ बारे जानकार हुनु आवश्यक हुन्छ ।

त्यसैले फाइनान्सियल एड्भाइजरका रुपमा ‘ए स्टार फाइनान्सियल सोलुसन्स्’ मा  हामी होलिस्टिक फाइनान्सियल सेवा प्रदान गर्छौं । मोर्गेज र इन्सुरेन्स मात्रै नभएर पेन्सन, इन्भेस्टमेन्ट, कमर्सियल मोर्गेज, स्टेट प्लानिङ, ट्याक्स प्लानिङ, बाइ टु लेट, अक्सन, ब्रिजिङ लोन लगायत सबै सेवा दिन्छौं । मोर्गेज साथै मोर्गेजको प्रोटेक्सनदेखि त्यसको सदुपयोग गरेर कसरी बढी लाभ लिने भन्नेसम्मको ‘फाइनान्सियल प्लानिङ’ हामीले गर्ने गरेका छौं ।

हेरौं भिडियो-

नेपाली लिंक लाइभ संवाद : ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रिन्सिपल एवम् बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीसंग :

Posted by Nepali Link on Sunday, 14 June 2020

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू